पोखरा ,१५ पुस।
हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम छ। यसको कारणले पहाडी भू–भागहरूमा आंशिक बदली देखापरेको छ भने अन्य अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार, कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।
यसैगरी, बिहानको समयमा तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। साथै, तराईका केही भू–भागहरूमा कुहिरो समेत देखा पर्न सक्ने अनुमान गरिएको छ।
मंगलबारका लागि मौसममा केहि परिवर्तन देखिएको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। विशेषगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
हिमपातको सम्भावनाले उच्च हिमाली क्षेत्रका बासिन्दा र पर्यटकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।