समाचार

पुनर्निर्माणबारे केन्द्र सरकारले चासो नदिएपछि कर्णाली प्रदेश सरकार आफैँ पुननिर्माणमा जुट्यो

पुनर्निर्माणबारे केन्द्र सरकारले चासो नदिएपछि कर्णाली प्रदेश सरकार आफैँले जाजरकोट भूकम्प गएको १ वर्ष पछि भूकम्पबाट क्षतिग्रस्त सामुदायिक स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको पुनर्निर्माण गर्न लागेको हो । जस अनुसार जाजरकोटमा मात्रै ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्न लागिएको प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुनर्निर्माणका […]

समाचार

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा ,३ पुष । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले […]

समाचार

मादीका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’को सहयोग

पोखरा, ३ पुष ।मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ ।गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी […]

समाचार

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत, ३ पुष। पर्बत जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ । कुश्मा नगरपालिकामा कुल तीन सय १० प्राथमिक तहको दरबन्दी रहेकोमा यो संख्या घटाएर […]

समाचार

करारमा कर्मचारी नराख्न गण्डकी सरकारलाई प्रदेश लोकसेवा आयोगको आग्रह

पोखरा,३ पुष । करारमा कर्मचारी नराख्न प्रदेश लोकसेवा आयोग गण्डकीले सरकारलाई सुझाएको छ । कर्मचारीको अभावमा बजेट कार्यान्वयन प्रभावित भएको भन्दै गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्नका लागि अध्यादेशमार्फत प्रदेश निजामती सेवा ऐन परिमार्जन गर्न लागेको छ ।त्यसैका लागि सरकारले आयोगसँग परामर्श मागेको थियो । आयोगले गण्डकी प्रदेश निजामती सेवा ऐनको दफा १४ को प्रतिकूल […]

अर्थतन्त्र

बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन बन्दीपुर गाउपालिको प्रचारप्रसार र प्रवर्द्धन सुरु

कास्की ,२ पुष। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन बन्दीपुर गाउपालिकाले प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ ।      गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको छ । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ […]

समाचार

रबि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा ,२ पुष । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई आज मंगलबार पनि म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । कार्तिक २ गते काठमाडौँबाट […]

समाचार

एनएमबि बैंक लुटपाट गर्ने फरार भारतीय नागरिक पक्राउ

जनकपुरधाम , पुस २। नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र […]

खेलकुद

पोखरा १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा,१ पुष । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको कन्टेन्डर सिरिज–२’थाई–बक्सिङ  यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ। शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुनेभएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि […]

समाचार

रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन, प्रहरीले सरकारी वोकिललाई बुझायो

कास्की ,१ पुष। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए । […]