विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन् । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा […]

खेलकुद

एनपीएलः सुदूरपश्चिम र कर्णाली भिड्दै

पोखरा,१ पुष । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे शुरू हुनेछ । आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । त्यसैले पनि आजको खेल दुवै टिमका लागि गर या मरको अवस्थामा रहेको छ । […]

समाचार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पोखरा,१ पौष। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, […]

समाचार

सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना

पोखरा,२८ मङ्सिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार साँझदेखि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचका लागि अस्पताल लगिएकामा चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपछि जोशीलाई भर्ना गरिएको हो । जोशी असोज ६ देखि कास्की प्रहरी […]

स्वास्थ्य

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक सरकारी सरह उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं,२८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त […]

समाचार

मुग्लिन–पोखरा सडक स्तरोन्नति तिब्र,पॉच दिन सडक अवरुद्ध हुने

पोखरा ,२८ मंसिर। मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा मङ्सिर २८ देखि पुस २ गतेसम्म पॉच दिनका लागि सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात […]

समाचार

गण्डकीका सबै यातायात कार्यालयमा टोकन,मन्त्री केसीले गरे सय दिनका उपलब्धि सार्बजनिक

पोखरा,२६ मंसिर। यातायात कार्यालयमा बढी भीडभाड हुने र सेवा लिन असहज हुने अवस्था सुधार्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले टोकन प्रणालीको व्यवस्था गरेको छ ।मन्त्री केसीले मंगलबार मन्त्रालयमा पत्रकार भेटघाट गरी आफ्ना सय दिनका सय उपलब्धि सार्वजनिक गरे ।पछिल्लो सय दिनमा कास्कीका दुई र तनहुँ, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का यातायात कार्यालयमा टोकन […]

मनोरञ्जन

सञ्चारकर्मी एंव लेखक पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा, २६ मङ्सिर ।नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गरेका हुन् । पुस्तकको लोर्कपर्ण गर्दै […]

समाचार

लम्जुङ्गमा टयाक्टर दुर्घटना ,चालकको मृत्यु

पोखरा , २६ मंसिर। लमजुङमा मंगलबार साँझ ट्याक्टर दुर्घटना भयको छ । दुर्घटनामा मृत्यु हुनेमा लमजुङ दोर्दी गाउँपालिका वडा नं ३ केराबारीका वर्ष २२ का सुनिल परियार छन् । मंगलबार साँझ करिब ५ः२५ बजे दोर्दी गाउँपालिका वडा नं ५ पाचोकबाट नौथर शेरातर्फ आउँदै गरेको प्र.०२-००१ त ४४८० नं को ट्याक्टर दोर्दी गाउँपालिका वडा नं ४ […]

खेलकुद

नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट

  पोखरा ,२५ मंसिर। कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । टी-यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो । पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए […]