समाचार

पूर्व पश्चिम राजमार्ग रौतहटमा दर्शनार्थी सवार स्कार्पियो दुर्घटना ,चालकसहित ८ जनाको मृत्यु

पोखरा ,२५ मङ्सिर। बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित  धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु […]

समाचार

रबि लामिछाने लाई पर्सा लगियो

पोखरा, २४ मंसिर। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ ।सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा बयानका लागि उनलाई आज पर्सा लगिएको हो । लामिछानेलाई १२ बजे नै पोखरा अन्तर्राष्ट्रय विमानस्थल पुर्याइएको छ । प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ, काठमाडौँबाट सिमरा विमानस्थलमा उतारेर पर्सा पुर्‍याइने छ । […]

समाचार

२५ मेगावाट दरबाङ म्याग्दीखोला जलविद्युत दुई वर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता

म्याग्दी , मंसिर २४। पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ ।दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थिचोल्दै ब्रेक थ्रु गर्ने गरी सिभिलतर्फको काम दुई सिफ्टमा गर्ने गरी जनशक्ती ब्यवस्थापन […]

समाचार

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति

पोखरा,२३ मंगसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेलवासेको इजलासले थप ४ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको हो ।लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले सरकारी वकिलमार्फत् अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । […]

समाचार

जिवन ज्योति सेवा केन्द्र द्वारा पत्रकार रानाभाट र सेन सम्मानित

पोखरा,२३ मंसिर । मानवीय सेवा उद्गारमा समर्पित पोखरा १६ बाटुलेचौरमा रहेको जिवन ज्योति सेवा केन्द्र द्वारा पत्रकार कृष्ण रानाभाट र आइटि बिज्ञ पितम सेन ठकुरी बिहिवार सम्मानित भएका छन् । केन्द्रको आयोजनामा केन्द्रिय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अबसरमा पत्रकारिता तथा सामाजिक संस्थाहरुमा रहि समाजसेवामा पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै दरबारथोक मिडिया प्रालिका अध्यक्ष […]

खेलकुद

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं, २३ मंसिर। सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको […]

समाचार

गण्डकीका भौतिक मन्त्री सुस्त गतिका आयोजना निरीक्षण गर्न पुगे लम्जुङ्ग

पोखरा, २० मंसिर। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लम्जुङ्गमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बाग्लुंगपानीदेखि वडा नं ४ भुजुंग सम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख […]

समाचार

पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरणमा सम्पन्न गरिने

पोखरा, २० मङ्सिर । पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरण गरी सम्पन्न गरिने छ। यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।यस  सम्बन्धी अध्ययन […]

समाचार

पोखरा नगरसभाको विशेष बैठक २३ गतेसम्मका लागि स्थगित,आफूनिकटका कर्मचारी छानेर फालेको एमालेको आरोप

पोखरा, २०मंसिर। पोखरा महानगरपालिकाको नगरसभाको विशेष बैठक २३ गते सम्मका लागि स्थगित भएको छ ।पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि विहीबार सभा सुरु भएको थियो ।सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराए […]

समाचार

पोखरा महानगरपालिकाको बिशेस नगरसभा हुदै ,अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुकोपदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने एमालेको माग

पोखरा ,२० मंसिर। कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार) बस्दैछ । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको […]