समाचार

“गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

 
पोखरा ,२१ पुस।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् ।
मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए ।  उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध व्यक्तित्वसँगको संवादले सबैलाई प्रेरित बनाएको र प्रदेशको विकासका लागि ठोस योजनाहरू निर्माण गर्न थप उत्प्रेरणा मिलेको उल्लेख गरे ।
सम्मेलनमा प्राज्ञिक, अनुसन्धानकर्ता र सामाजिक अगुवाहरूले आफ्ना विचार प्रस्तुत गरे । गण्डकी प्रदेशलाई एक शिक्षामा आधारित, नवीन र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस्ता सम्मेलनहरूले प्रदेशलाई थप ऊर्जा दिने बताए ।
कार्यक्रममा डा. सन्दुक रुइतले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै नेटवर्किङ, सहयोग र समर्पणले कसरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्नेबारे विचार व्यक्त गरे ।
सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन गरिनुका साथै प्रदेशको युवा, खेलकुद र सामाजिक विकासका लागि सम्भावनाका क्षेत्रहरूबारे छलफल समेत गरिएको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस