राजनीति

रास्वपा प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। 

पार्टीको जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकले कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले बताएअनुसार यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ। 

परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन् । 

यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने पनि उनले बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि