समाचार

हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

पोखरा ,२१ पुस।

पोखरा महनगर पालिका वडा नं. २५ हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ ।प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो ।

घोषण सँगै उक्त बनमा गुलेललीको प्रयोग गरि लाटोकोसेरो लगायतका कुनै पनि चराचुरु·ीलाई मार्न नपाईने साथै कुनै पनि हानि नोक्सानी नपु¥याउने निर्णय गरिएको छ ।लाटोकोसेरो संरक्षणसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा वन समूहको विधान र वन कार्ययोजनालाई असर नपर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने समूहका उपाध्यक्ष कृष्णबहादुर कुँवरले जानकारी दिए ।यस वन क्षेत्रमा लाटोकोसेरो अध्ययन तथा संरक्षणमा पहल गर्ने, लाटोकोसेरो लगायत अन्य चराचुरु·ीको गुँड÷वासस्थान बनाएका रुखहरुको संरक्षण पहल गर्ने, पुराना बुढा रुख संरक्षण गर्ने, लाटोकोसेरो संरक्षणका लागि आगामि वर्ष देखि केही रकम विनोयजन गरी समन्वयमा प्रचार प्रसार गर्ने निर्णय गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिए ।

शिवरमा प्रमुख अतिथीको रुपमा रहेका पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्त मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षणको कार्यमा वडाबाट सधै सहयोग रहने बताए ।‘हरेक जिव जन्तुको संरक्षणमा वडाले पनि सचेतामूलक कार्यक्रमका लागि वजेट नै विनियोजन गरेर कार्यक्रम गरेको छ,’ अध्यक्ष तिम्सिनाले भने,‘आगामि दिनमा पनि यहाँहरुसँगको सहकार्यमा नै वडाले कार्यक्रमहरु ल्याउने छ ।’तिब्रेकोट सामुदायिक वनका उपभोक्ताले नै यस वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषण गर्नु प्रशंसनिय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाइ छ ।

प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले समुदायबाट नै यो अभियान संञ्चालन गर्नु आफैमा सुखद पक्ष रहेको बताए ।
यो अभियानलाई पूर्णता दिनका लागि आफ्नो संस्थाबाट यहाँका उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्ने आचार्यले बताए ।लाटोकोसेरो संरक्षणमा तीन दशक देखि लागि परेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोहि ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार गण्डकी प्रदेशका कास्की, स्या·जा लगायतका जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतनामूलक कार्यक्रम र लाटोकोसेरोका लागि कृतिम गुँड निर्माण लगायतका कार्यक्रम गरिएको छ ।


यस अवधिमा १ सय वटा कृतिम गुँड राखिसकेको जसमा २० वटा हेमजा रहेको आचार्यले जानकारी दिए । यो सँगै कास्कीको भद्रकाली वन, पुम्दी भुम्दी, स्या·जाक तथा म्याग्दीमा रहेका ५ वटा सामुदायिक वनमा गुलेली प्रतिवन्ध क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको आचार्यले जानकारी दिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस