पोखरा ,२३ पुस।
मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा ‘प्रथम मध्यनेपाल महोत्सव’ को हुने भयको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सव यही पुस २४ गतेदेखि माघ ४ गतेसम्म लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्ले बजारमा हुनेछ ।
महोत्सवको तयारी अन्तिम चरणमा रुपमा अघि बढेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताए । १० दिन सम्म चल्ने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका संयोजक रमेशचन्द्र भट्टरार्ईले बताए ।
महोत्सव अबधिमा एक करोडको कारोबार हुने, महोत्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो । संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।
त्यसको लागि १५१ जनाको मूल आयोजक समितिका साथै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।
यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोश्रो, तेश्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको आयोजकको भनाइ छ । आफ्नो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अपेक्षा गरेको आयोजकले बताए ।
कुल १ सय २० वटास्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइने छ ।अहिले सम्म सबै स्टलहरु बुकिङ भईसकेको छ । लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै सम्भावना बोकेको छ । महोत्सवको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उद्घाटन गर्नेछन् ।लमजुङ जिल्लामा मस्र्याङदी गाउँपालिकापछि पालिकास्तरीय महोत्सवको आयोजना गर्ने मध्यनेपाल नगरपालिका जिल्लाको दोस्रो पालिका हो ।