विश्व

चीनमा भुकम्पमा परि मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं ,२४ पुष ।

चीनको तिब्बत क्षेत्रमा भुकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

नेपाली महावाणिज्य दूतावास रहेको ल्हासामा पनि केही असर नपरेको उनले बताएका छन् । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो । राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्याना कपडा सुनिश्चित गर्न निर्देसन दियका छन्।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले