समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्तमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने

पोखरा,३ माघ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो ।

समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुनेछन । कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो।

प्रतिष्ठान चिकित्सा शिक्षा सम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील छ।दीक्षान्त समारोहमा प्रतिष्ठान सभाका सदस्य, जनप्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, उच्च प्रशासक, विद्यार्थी, अभिभावक र अन्य विशिष्ट व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।


बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस