विश्व

कोलकाताको आरजी कार अस्पतालमा डाक्टरको बलात्कार र हत्या प्रकरणमा सञ्जय रोय दोषी ठहर

पोखरा ,५ माघ।

कोलकाताको आरजी कार अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले शनिबार मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ। सजायको घोषणा सोमबार हुनेछ। अदालतले १६२ दिनपछि यो फैसला सुनाएको हो ।

सीबीआईले आरोपी सञ्जयलाई मृत्युदण्ड दिन माग गरेको छ । यसै क्रममा सञ्जयकी दिदीले ट्रायल कोर्टको यो निर्णयलाई कुनै पनि अदालतमा चुनौती दिने योजना नभएको बताइन् ।

गत अगस्त ८-९ तारिखको राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । अगस्त ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । 

सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्त १० तारिख पक्राउ गरेको थियो । यो घटनापछि कोलकातासहित देशभर प्रदर्शन भएको थियो । बंगालमा २ महिनाभन्दा बढी समयदेखि स्वास्थ्य सेवा ठप्प थियो।

अदालतले फरेन्सिक रिपोर्टको आधारमा सजाय सुनाएको हो, जसले सञ्जय रोय मुद्दामा संलग्न रहेको देखाएको थियो। घटनास्थल र पीडित चिकित्सकको शवमा सञ्जयको डीएनए पनि भेटिएको थियो । रोयलाई भारतीय न्यायिक संहिता ऐनको धारा ६४, ६६ र १०३(१) अन्तर्गत दोषी ठहर गरिएको छ।

न्यायाधीश अनिर्बान दासले यस मामिलामा अधिकतम सजाय मृत्युदण्ड हुनसक्ने बताएका छन् । न्यूनतम सजाय आजीवन कारावास हुनेछ।

दोषी सञ्जयले आफूलाई यस मुद्दामा फसाइएको बताएपछि न्यायाधीश दासले सजाय सुनाउनुअघि बोल्ने मौका पाउने बताएका छन्।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले