पोखरा, ७ माघ ।
ट्रेकिङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो ।साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुु¥याएको बताए । संस्थाले
सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा संस्थाको सफलताको कामना गरे ।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीहरूको विक्री वितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान
गरेको उनले बताए ।पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उनको भनाइ छ ।टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । व्यवसायिक एकतासँगै एकआपसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताए ।टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायीहरू संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा कृयाशिल बन्दै अघि बढेको धारणा राखे ।टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्रबहादुर जिसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टीकाबहादुर
लम्सालले राखेका थिय ।कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू रामु गौतम, नारायण सापाकोटा, नवराज अधिकारी, चन्द्र पौडेल, राम गिरी लगायत पोखरामा कृयाशिल पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।
उक्त अवसरमा कार्यक्रमका सहभागीले पोखरा–३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेष्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भैरहेका सेवा सुविधाबारे जानकारी लिएका थिए ।