खेलकुद

पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न

पोखरा ,७ माघ।

पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चारदिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।

पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो । पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्थाले चन्द्रसूर्य क्लबलाई हराएको हो । यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो । युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।

महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईन भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द«ा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।

पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँगाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए । पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल बिकास संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनीप्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्णबहादुर गुरुङ र पूर्णबहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए । महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने ।

महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोमकुमारी बुढा प्रथम, संगमकी रुपा बरुवाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् । पुरुष सडक दौड ५ किमितर्फ नयाँगाउँका ठाकुरबहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँगाउँका कुलबहादुर गुरुङ तेस्रो भए । छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।

ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए । छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्नज्योतिकै सरोज सारुमगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भए । विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनका अवसरमा खेल्छ गण्डकीमा आबद्ध वडास्थित बालबालिकाहरुलाई पोषणतत्वका लागि विभिन्न थरीका खाद्यान्न प्रदान गरिएको थियो । उक्त अवसरमा सहयोगीहरुलाई मायाको चिनो र प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

समापन कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिनसक्ने बताइन् । वडा अध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरूबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले वडास्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडासचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा