अर्थतन्त्र

३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० देखि हुने

पोखरा ,८ माघ।

३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव यही माघ १० गते देखि पोखरा प्रदर्शनी केन्द्रमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयको छ । महोत्सवमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश गरिएको छ ।

यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य राखिएको संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले बताए । मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । पोखरामा २०४२ सालमा पहिलोपटक व्यवस्थित रूपमा मेला आयोजना भएको स्मरण गर्दै कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने, र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे । उनले ३३ औं संस्करणको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति, र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने जानकारी दिए ।

महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । चौथो मोबाइल एक्सपो अन्तर्गत ५० प्रतिशतसम्म छुटमा माबवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइनेछ । महासंघको संरक्षकत्वमा आयोजना हुने यस मेलामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, क्यान कास्की, र नेपाल मोबाइल वितरक संघलगायतका संस्थाहरूको सहकार्य छ । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक छ भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ्रे बैंक छन् । मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् ।

मेलामा सहभागी हुन न्यूनतम ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ भने ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले मेलाको आयोजना गैरनाफामूलक भएको स्पष्ट पार्दै यसलाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । मेला माघ २१ गतेसम्म सञ्चालन हुनेछ । आयोजक पोखरा उद्योग वाणिज्य संघले यस महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको महासचिव शोभा गौतमले बताइन् ।

महासंघको संरक्षकत्वमा आयोजना हुने यस मेलामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, क्यान कास्की, र नेपाल मोबाइल वितरक संघलगायतका संस्थाहरूको सहकार्य छ । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक छ भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ्रे बैंक छन् ।मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासहरूलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७