विश्व

पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ ,तीन जना नेपालीको सनाखत

कास्की ,१० माघ।

महाराष्ट्रको जलगाउँ जिल्लामा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो ।

नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो । 

ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । 

अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । 

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले