समाचार

महाभारतमा आगलागी नियन्त्रण बाहिर, ३ बजे सुरक्षा प्रमुखको बैठक बस्दै

महाभारतमा आगलागी नियन्त्रण बाहिर पुगेपछि बस्ती जोगाउन सेना-प्रहरी परिचालन गरिने भयको छ। काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको महाभारत सामुदायिक वनमा मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण बाहिर पुगेको छ ।

नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।

बिहीबार दिउँसो ३ बजे आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक समेत बस्दैछ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली स्थलमा पुगेको जानकारी दिइन् ।

स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोका अनुसार जंगलमा आगो लागेपनि बस्तीमा आइनपुगेको जानकारी दिए ।आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस