समाचार

पोखराको अमरसिंह चोकका व्यापारिक सटर तथा टहरा हटाइने

पोखरा ,१४ माघ।

पोखरा अमरसिंह चोक पूर्वपट्टी पृथ्वी राजमार्ग छेउमा सञ्चालित व्यापारिक प्रयाेजनका सटर तथा टहरा हटाइने भएको छ । ती सटर तथा टहरा खाली गर्न अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले शुक्रबार ३५ दिने सूचना जारी गरेकाे छ ।समितिको गत ३ माघमा बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर हटाउने निर्णय गरेको थियो । ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ ।अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । ती सटर तथा टहराहरूमा कास्कीस्थित विभिन्न राजनीतिक दलका नेता तथा नेताकाे संरक्षणमा विभिन्न व्यक्तिहरूले लामाे समयदेखि काैडीकाे भाडादरमा व्यापार गर्दै आएका छन् । समितिले पटक पटक हटाउन पहल गरेपनि सकेकाे थिएन । अहिले पृथ्वी राजमार्ग स्तराेन्नतिकाे कार्यमा समेत ती सटरहरूले अवराेध गर्ने भएकाेले हटाउन पर्ने भएकाे विद्यालयले उल्लेख गरेकाे छ ।निकै कम भाडा उठ्ने, व्यापारिक प्रयाेजनका लागि पक्कि संरचना निर्माण गरि व्यवस्थित ढंगले भाडामा लगाउन चाहेपनि नसकेकाे विद्यालयले यही मेसोमा अमरसिंह चोकमा रहेका ती सटर हटाउने योजना वनाएकाे हो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस