अर्थतन्त्र

९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाइ जुट्यो लगानी

लम्जुङ्ग ,१८ माघ।

कुमारी बैंकको अगुवाइमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।यस आयोजनामा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुंगो लागेको हो ।

शुक्रबार सम्झौता भएको लगानी सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकबीच ऋण सम्झौता भएको छ ।

कम्पनीका अनुसार निर्माण अवधिको ब्याजसहित यस आयोजनामा २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने भएको छ ।यो आयोजनामा कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्ब र कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । स्वपूँजी भने अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ ।

डोल्मा इम्प्याक्ट फन्डसमेत यो आयोजनामा लगानी गर्न इच्छुक देखिएको कम्पनीको भनाइ छ । यो समूहले बनाइरहेको २२ मेगावाटको सेतीखोला हाइड्रो अहिले निर्माणको अन्तिम चरणमा छ ।

यो आयोजनाको १ कात्तिक २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झैता भएको थियो । आयोजनाबाट २२ वैशाख २०८६ मा उत्पादन थाल्ने योजना छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७