समाचार

पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने लेखापाल पक्राउ

दमौली ,३० माघ।

पन्यु  तताएर विद्यार्थीको गालामा डामेर यातना दिने तनहँुको भीमाद नगरपालिका– ६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठ पक्राउ परेकी छन । श्रेष्ठ विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी हुन ।

श्रेष्ठले हल्ला गरेको र जिस्क्याएको भन्दै ४ कक्षाका १० वर्षका ४ बालकको गालामा तातो पन्युले डामेकी थिइन् । उनले बाबु नभएको बेला विद्यालयको ‘कमान्ड सम्हाल्दै आएकी थिइन् । जिल्ला प्रहरीका कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार माघ २९ गते साढे ११ बजेको समयमा एक जना बालकलाई खाना पकाउने तातो पन्यूले गालामा डाम्दा घाइते भएको भनि सामाजिक संजालमा प्रशारण भएको थियो । त्यसपछि घटनाबारे बुझ्ने क्रममा अन्य २ बालकसमेत पीडित भएको खुल्न आएकोले बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवम् शिक्षिका शुस्मा श्रेष्ठलाई बुधवार नियन्त्रणमा लिई बालबालिका बिरूद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट आजै देखि लागु हुने गरी ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस