मौसम

पोखरा आज देशकै प्रदुषित शहर

पोखरा ,३० माघ।

पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो  पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ ।

भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् ।

हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

मौसम

तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना,हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात

पोखरा ,१५ पुस। हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम छ। यसको कारणले पहाडी भू–भागहरूमा आंशिक बदली देखापरेको छ
मौसम

भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित

कास्की ,२१ पुस। प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई