समाचार

बबरमहल क्षेत्रको सडक भासिएपछि ,यातायात आवागमन अबरुद्व

कास्की ,३० माघ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।

सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ ।

एक्कासी बाढी पसेपछि बबरमहल क्षेत्रमा रहेका सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्तीसमेत डुबानमा परेका छन् ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाइले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस