समाचार

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते

पोखरा ,३ फाल्गुन।

पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा बेलुनमा लागेको आगोको लप्काले घाइते हुन पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार दुवै जनालाई छुट्टाछुट्टै हेलिकोप्टरमार्फत किर्तीपुरस्थित वर्न अस्पताल लगिएको छ । मेयर आचार्यको देब्रे गाला आगोको लप्काले डढेको छ । साथै टोपी भन्दा तलको भागको कपाल पनि जलेको छ । यसैगरी पौडेलको पनि कानबाट रगत आएको प्रत्यक्षदर्शीले जनाएका छन । उनको पनि कपाल जलेको छ ।

डिजिटलरुपमा स्वीच अन गरेर पानसमा बत्ती बालिसकेपछि बेलुन उडाउने क्रममा हाइड्रोजन भरिएका बेलुनका दुईवटा झुत्तामा आगो लागेर पड्केका थिए। सोही आगोको लप्काले उनीहरु घाइते भएका हुन । आचार्यको फिस्टेल अस्पतालमा र पौडेलको गण्डकी शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस