विश्व

नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ जना बढी  घाइते

काठमाडौं ,  ४ फागुन।

नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना बढी  घाइते भएका छन् ।

गएराति करिब साढे ९ बजेतिर प्लेटफर्म नम्बर १३ र १४ मा यो घटना  भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो । केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।प्लेटफर्म नम्बर १४ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थाले । त्यसपछि मानिसहरु किल्चिए ।घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच भारत रेलवेले भागदौडमा मृत्यु भएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र गम्भीर घाइते भएकाहरुलाई साढे २ लाख र सामान्य घाइतेहरुलाई १ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्
विश्व

दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं , १२ पुष । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले