समाचार

नदीपुर अस्थायी प्रहरी पोस्टमा सबै प्रहरी महिला

पोखरा ,५ फाल्गुन।

पोखरा  महानगरपालिका ३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिलालाई प्रदान गरिएको छ । आइतबार एक कार्यक्रममार्फत प्रहरी सहायक निरीक्षक दीपा आलेको नेतृत्वमा ९ महिला प्रहरीले सम्हाल्ने गरी सुरक्षा सेवाको जिम्मेवारी प्रदान गरिएको हो।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महिला प्रहरी मात्रको युनिट स्थापनालाई लैंगिक समानताका दृष्टिले सकारात्मक पहल भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका ९ सय ६१ प्रहरीमध्ये १ सय ३५ जना महिला छन् ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले महिला प्रहरीमात्र खटाइएको यो युनिटलाई महिला सशक्तीकरणका रूपमा लिदै समाजमा शान्ति, सुव्यवस्था कायम गर्न भूमिका खेल्ने अपेक्षा गरे ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस