रुपा ,७ फागुन।
कास्कीको रुपा गाउँपालिकाले गत वर्षहरु जस्तै यस वर्ष पनि बिबिध कार्यक्रम गर्दै पालिका स्थापना दिवस मनाउने भयको छ। बुधबार पत्रकार सम्मेलन गरि सो जानकारी गराइयको हो। ,झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस लागेको छ ।स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिका स्तरीय प्रतियोगितात्मक झाँकी प्रदर्शन तथा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनी गर्न लागेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
युवालाई खेलकुदको माध्यमबाट शारीरिक, मानसिक र व्यक्तित्व विकास गर्ने उद्देश्यले पालिकाले ‘सिर्जना र स्वास्थका लागि खेलकुद’ भन्ने नाराका साथ फागुन २४ देखि प्रतियोगिता गर्न लागियको हो । आगामी फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवसका कार्यक्रम हुनेछ ।
भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले क्रमशः ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा बेस्ट प्लेयरलाई नगद ५ हजार, बेस्ट सेटरलाई र बेस्ट स्पाइकरलाई जनही दुई हजार नगद प्रदान गरिने छ। ओझाले पालिकामा बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र सम्बद्र्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता तथा माला प्रतियोगिता समेत आयोजना गरियको जानकारी दिए । झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
‘खेलकुदको विकास र सांस्कृतिको संरक्षणका लागि स्थापना दिवसमा नियमित रुपमा भलिबल र गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्दै आयको ओझाले जानकारी दिए। पालिकाले आयोजना गर्ने यस्ता कार्यक्रमले समग्र रुपाको प्रतिनिधित्व गर्दै युवा खेलकुदको क्षेत्रमा जिल्ला प्रदेशहुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुने बिस्वास ब्यक्त गरेका छन्।