समाचार

इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण; इन्स्पेक्टर विवेक जोशी पक्राउ

पोखरा ,१३ फागुन।

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्स्पेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ

आत्महत्या दुरुत्साहन आरोपमा किटानी जाहेरीका आधारमा सोमबार पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसमक्ष अनुरोध गरेको थियो ।

केही दिनअघि पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकमा इन्स्पेक्टर महत मृत अवस्थामा फेला परेकी थिइन् ।

महतका परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए । परिवारका अनुसार सन्तोषी र विवेक प्रेम सम्बन्धमा थिए ।

सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा गत शनिबार मृत भेटिएकी हुन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस