स्वास्थ्य

स्याङजाकाे चापाकोटका छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

कास्की ,१३ फागुन।

स्याङजाकाे चापाकोट नगरपालिकाले  १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न  ६०  घर परिवारका दरले छनोट गरी  छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।

आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, “नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा अभियानमा आवद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पुर्‍याउन निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हौँ ।नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बिमा गर्न रु २५ लाख ६० हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा छ सय परिवारको बिमा गरिएको र दोस्रो चरणमा अपांगता भएका र अन्य विपन्न गरी एक सय २५ जनाको बिमा गरिदिने नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा सात सय २५ जनाको स्वास्थ्य बिमा गर्न बजेट विनियोजन गरेकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थानको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले स्वास्थ्य बिमा बनाइदिएका नागरिकलाई बिमा कार्ड वितरण गरेको छ । स्वास्थ्य बिमा कार्ड बनाइदिएसँगै पाँच जनाको परिवारलाई रु एक लाखसम्मको स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त हुने भएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा। पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी
स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको