खेलकुद

इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० ले नेपाल पराजित

कास्की ,१४ फागुन।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।नेपाली महिला फुटबल टोली फेरि अर्को अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको हो ।

नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो। नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

यस पटक नेपाललाई उपाधि खडेरी तोड्ने अवसर भएपनि सफल हुन सकेन । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग बुधबार २-० ले पराजित भएपछि नेपालले ट्रफी उचाल्ने सपना अधुरै बनेको हो ।

नेपालले घरेलु मैदानमै लगातार दोस्रो फाइनलमा हार व्यहोरेको हो । गत अक्टोरमा नेपाल साफ वुमन्स च्याम्पियनसिपमा फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।यस्तै पछिल्लो एक वर्षभित्र नेपाली महिला टोली तीन पटक फाइनल खेलेपनि सबैमा पराजित भएको हो।गतवर्ष फेब्रुअरीमा साउदी अरेबिायमा भएको वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पराजित भएको थियो।

नेपालले खेलेका १३ फाइनल

साफ महिला च्याम्पियनसिप
२०१० फाइनलः भारतसँग १–० ले पराजित
२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित
२०१४ फाइनलः भारतसँग ६–० ले पराजित
२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित
२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल ः बंगलादेशसँग २–१ ले पराजित
दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनलः भारतसँग ३–१ ले पराजित
२०१६ फाइनलः भारतसँग ४–० ले पराजित
२०१९ फाइनलः भारतसँग २–० ले पराजित
२०१९ हिरो वुमन्स गोल्डकप
फाइनलः म्यानमारसँग ३–१ ले पराजित
२०१९ नादेज्दा कप
फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित
२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनलः जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित
२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसि
फाइनल ः म्यानमार २–० नेपाल ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा