समाचार

सराङकोट महाउत्सवको पहिलो दिन ४५ लाख बढी संकलन

सराङकोट, १४ फागुन ।

सराङकोटमा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ ।२१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो।

यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो ।

आज उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिय ।

समारोहलाई सम्बोधन गर्दै  सहयोगदाता अन्नपूर्ण केबलकार अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउनु हुँदै सद्कर्ममा सहयोग गर्न पाउदाँ खुशी लागेको सुनाए ।उहाँले आफुले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव राख्नुभयो।भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिदै  सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पारे  ।उनले  सराङकोट धामको बृद्धि विकासमा लागि हाल सहित ६ यज्ञ गरिएको स्मरण गर्दै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महशुस हुने गरेको औँल्याए ।

पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।प्रवक्ता तिमिल्सीनाले पोखरा कोटैकोटको शहरका रुपमा स्थापीत हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सराङकोटको स्तरउन्नतीमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाय।

वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्दै  सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिय।

उद्घाटनको दिन आज यज्ञ स्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा वसमा आवातजावत निःशुल्क व्यवस्था मिलाइएको थियो।त्यस्तै यज्ञमा मातृ शक्तिको वाक्लो उपस्थिती देखिन्थ्यो ।

महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्नेछन् ।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।

महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिय  ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस