समाचार

रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा मृत भेटिय दुइ जना

 मोरङ ,२० फागुन।

मोरङ पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार मृतक दुवै विवाहित हुन् ।

मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनको एक वर्षका छोरा पनि रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अजयका पनि दुई छोराछोरी छन् ।

प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए । भोलिपल्ट उनीहरू घरबाट हिँडेका थिए । आज रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् ।

प्रेम सम्बन्धले समस्या उत्पन्न हुन सक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस