समाचार

कोटीहोम आयोजकले पोखरा महानगरपालिकाको बिरोध सहित गरे धर्ना

पोखरा,२५ फागुन।

पोखराको लेकसाइडमा हुन लागेको  कोटीहोम महायज्ञ रोक्ने पोखरा महानगरपालिकाको कदमबिरुद्ध आइतबार पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् ।  पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेको हो।

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समिति, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा धर्नाको कार्यक्रम गरेका हुन् । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सोमबार वार्तामा बोलाएपछि डेढघन्टापछि आइतबारको धर्ना कार्यक्रम स्थगीत गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय कास्की, महानगरपालिका र कोटिहोमको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल वीचमा त्रिपक्षिय बैठक बस्दै छ । बैठकले पनि कोटिहोम महायज्ञलाई एउटा मार्ग प्रसस्त गर्न नसकेको खण्डमा आज स्थगीत गरिएको विरोधको कार्यक्रमलाई मंगलबारदेखि पुनः आन्दोलनको कार्य सुरु गर्ने अन्तराष्ट्रिय हिन्दु परिषदका केन्द्रिय अध्यक्ष शंखर खरालले जानकारी दिएका छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस