खेलकुद

प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं ,१ चैत ।

प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।पुलिसले शुक्रबार दाङको देउखुरी क्रिकेट रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध दुई विकेटको जित निकालेको हो ।खेलमा एपीएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा कुशल भुर्तेलले दुई चौकासहित ३१ रन प्रहार गरे । गुल्सन झाले १२, अर्जुन साउदले ११ र राशिद खानले १० रन जोडे ।एपीएफमा भुवन कार्कीले तीन विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले समान दुई विकेट लिए । यस्तै, कमलसिंह ऐरीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले २७.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।

एपीएफका सन्दीप जोराले सर्वाधिक २७ रन बनाए । लोकेश बमले २२ रन थप्दा आसिफ शेख र अमर राउटेलाले समान १० रन जोडे ।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले ६ विकेट लिए । ७.४ ओभर बलिङ गरेका ललितले तीन मेडन फ्याक्दै १८ रन खर्चिए । यस्तै, सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

प्रतियोगितामा अपराजित पुलिस तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको एपीएफ तालिकाको तेस्रो स्थानमा छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा