अर्थतन्त्र

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं , ६ चैत  ।

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार (चैत ५ गते) सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७