समाचार

भ्रष्टाचार अभियोगमा अर्जुनचौपारी गाउँपालिकाका पुर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जना दोषी ठहर

पोखरा,१४ चैत।

विशेष अदालतले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै गाउँपालिका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बुधवार यस्तो फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १६ गते वडा नम्बर १ अन्तर्गतको सडक ढलान तथा नाला निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा सम्पन्न हुनुपर्ने परियोजनाको गुणस्तर कमजोर रहेको, निर्माण भत्किएको तथा ढलान उप्किएर रड देखिनेसम्मको स्थिति रहेको प्राविधिक प्रतिवेदनबाट प्रमाणित भएको थियो।

८ लाख ३४ हजार रुपैयाँभन्दा बढीको अनियमितता पुष्टि भएपछि अदालतले ६ जनालाई कैद र अन्यलाई जरिवाना तथा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ। दोषी ठहर भएका गाउँपालिका तत्कालीन अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा र सब–इन्जिनियर सूर्यप्रसाद पौडेललाई जनही ३/३ महिना कैद सजाय सुनाइएको छ। उमेरहदका कारण अध्यक्ष अर्याललाई ५० प्रतिशत कैद छुट दिइएको छ।

अर्याल र थापालाई ३ लाख ३२ हजार रुपैयाँ जरिवाना र सोही रकम असुलउपर गरिनेछ, साथै १३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ। गुरुङ र पौडेललाई जनही २ लाख १३ हजार रुपैयाँ जरिवाना, उति नै रकम असुलउपर र ८ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति तोकिएको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र इन्जिनियर सुदीप आचार्यलाई पनि दोषी पाइएपछि ३/३ महिना कैद तथा जनही १ लाख १९ हजार रुपैयाँ जरिवाना, सोही रकम असुलउपर र ५ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ। यस्तै, उपभोक्ता समिति पदाधिकारीहरू समेत अनियमिततामा संलग्न पाइएका छन्। व्यवस्थापन उपभोक्ता समिति अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीलाई जनही २ लाख १३ हजार रुपैयाँ जरिवाना, सोही रकम असुलउपर तथा ८ हजार ५२२ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाइएको छ।

त्यसैगरी, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटा दोषी ठहर भएपछि जनही १ लाख १९ हजार रुपैयाँ जरिवाना, सोही रकम असुलउपर र ५ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने निर्णय भएको छ

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस