समाचार

राजावादीहरुले तीनकुनेमा अराजकताको पराकाष्ठ देखायको प्रचण्डको आरोप

काठमाडौं,१५ चैत।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुनेमा राजवादीहरूले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रममा उनले भने, “बाह्र वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगाको बांगै भनेजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी निरंकुशतावादीको प्रतिकजस्तो बनेको छ ।”

उनीहरूले घरमा आगो लगाएको प्रचण्डले बताए । पुलिसमाथि ढुंगा प्रहार भएको प्रचण्डको भनाइ छ ।

“राजावादीहरूले एकदुईजना मान्छे मारेर देशभर आतंक फैलियोस् भन्ने चाहेका छन्,” प्रचण्डले टिप्पणी गरे, “त्यो राजावादीहरूको चरित्र हो ।”

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस