समाचार

तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले भेटे प्रधानमन्त्री

काठमाडौं ,१८ चैत ।

चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारमा समवेदना व्यक्त गरे ।

ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रक्रिया सुरु भएको बताए । प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गरे ।

उनले सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिनेसमेत बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस