समाचार

भारतीय ग्याङ स्टारका नाइके विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ

काठमाडौं,२० चैत  ।

भारतीय ग्याङ स्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेका छन् । पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसी बाँकेमा पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले विश्नोईको नाम लिँदै पाँच करोड भारु (८ करोड नेपाली रुपैयाँ) फिरौती माग गरेको पाइएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

सामाजिक सञ्जाल ह्वाट्स एप प्रयोग गरी उनले फिरौती माग गरेको आरोप छ । उनले विदेशी नम्बरको ह्वाट्स एपबाट फोन गरेर धम्क्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस