बझांग , २८ चैत।
बुधबार राती बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताएका छन् ।जिल्लामा लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।