काठमाडौँ ,७ बैशाख ।
काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका गोपाल शाही काठमाडौँको अमृत साइन्स क्याम्पसका स्ववियु सचिव रहेको पाइएको छ ।नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय बाट शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।