समाचार

तनहुँको नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

दमौली, ७ बैशाख।

तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

डुम्रे बेसीशहर सडकखण्डमा डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटरमा सवार मनाङ नासोँ गाउँपालिका ८ का ४० वर्षीय मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका ८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी थापाले बताए ।दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । गम्भीर केहीलाई चितवन रिफर गरिएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस