पोखरा,१४ बैशाख।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। मृतकमा संखुवा सभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो १ बजेको समयमा परेको चट्याङले उनीहरुो मृत्यु भएको हो । करीव ३८ सय मिटरको उचाईमा उनीहरुले बाटो बनाउने काम पदमार्ग गरिरहेका थिए । उक्त स्थानमा बाटोको काम आइतबारबाटै सुरु भएको थियो । काममा ९ मजदुर खटिएका थिए । अन्य ७ जना भने सकुशल रहेका छन्। मृतक को शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली पठाइएको डिएसपी शर्माले बताए । पानीसँगै हिउँ परेकाले शव हिउँले पुरेको अवस्थामा रहेको जनाइएको छ । घटनास्थल पर्यटकीय गाउँ घान्द्रुक देखि झण्डै चार घण्टाको दुरीमा पर्छ । उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम हुदै थियो ।