समाचार

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी,ओपीडी र ओपीडी ल्याब आइतबार र सोमबार बन्द

काठमाडौं,१४ बैशाख ।

बाँकेको नेपालगंज  स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार  आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.  निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोरअस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठामा आगलागी भएको थियो ।

आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ । भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीनरचार करोड क्षति भएको अनुमान गरिएको मेसु डा.  सुवेदीले जानकारी दिए ।यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा.धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा.सुवेदीले बताए ।

अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगंज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यसक्रममा बिल्डिङभरी पानी र जलेका र नजलेका सामानहरु छरपस्ट छन् । त्यसलाई सफा गर्नका लागि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको मेसु डा. सुवेदीले बताए । उनले भने, ‘अल्ट्रासाउन्ड र इमरेर्जेन्सी सेवा चालु छ । ओपीडी र ओपीडी ल्याब भने आइतबार र सोमबार बन्द गरिएको छ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस