सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी अनुज नकर्मी पक्राउ परेका छन्।
पर्सा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने उनलाई मिति २०८१।०४।३२ गते काठमाण्डौ दक्षिणकाली बाट पक्राउ गरियको हो। नकर्मी सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पुर्व सचिव रहेका थिय। शुक्रबार पक्राउ परेका नकर्मीलाई भाद्र ०२ गते आइतबार सम्मानित कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको हो ।