०३ भाद्र ,पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले कर्मचारी सरुवाको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । कर्मचारीको सरुवा मलाई के थाहा हुन्छ र ? तलको सिस्टमले गर्ने कुरा हो, उनले भने ।आफूले कुनै पनि कर्मचारीलाई सरुवाका लागि हस्तक्षेप नगरेको उनको दाबी छ ।‘मेरो लागि सबै कर्मचारी बराबर हुन्’, उनले भने ।मेयर आचार्यले वाग्लेलाई वडा नम्बर ३ बाट ३ महिनाअघि सामाजिक महाशाखामा काजमा ल्याइएको र अहिले फेरि वडामै पठाइएको जानकारी पाएको उल्लेख गरे ।वाग्लेले गाएको बालेनको गीतमा आफूलाई आपत्ति नरहेको आचार्य बताउँछन् ।‘यो उहाँको स्वतन्त्रताको कुरा हो, सबैले आफ्नो अभिव्यक्ति र विचार सम्प्रेषण गर्न पाउँछन्’, उनले भने ।