०६ भदौ ,पोखरा।
लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना पक्राउ परेका छन्।
बिहिबार वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगपरालिका वडा नं.
९ नयाँबजार शंकास्पद अवस्थामा धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष २७ का बिजय पोख्रेललाई पक्राउ गरेको हो। पोख्रेल को शरिर खानतलासी गर्दा निजले भिरेको झोलामा लागू औषध Tapentadol Hydrochloride Capsules लेखेको ट्याब्लेट १२० चक्की फेला परेको हो। सोधपुछ गर्ने क्रममा पोखरा महानगपरालिका वडा नं. ९ नयाबजारमा रहेको बिभुती फार्मेसीबाट लागू औषध खरिद गरेको भन्ने खुलाएको हुदाँ सो फार्मेसीमा समेत खानतलासी गरेको थियो। खानतलासीको क्रममा सो फार्मेसी बाटTapentadol Hydrochloride Capsules लेखेको ट्याव्लेट ९० चक्की बरामद भएको छ। उक्त फार्मेसी संचालक केदार अधिकारी लाई समेत पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतमा लागू औषध मुद्दा दायर गरियको छ। फार्मेसी संचालक केदार अधिकारीलाई ९ दिन र बिजय पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।