समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खसेर बस दुर्घटना

७ भदौ, काठमाडौं ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ।पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस