७ भदौ ,मुस्ताङ।
थासाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उनले भने, ‘पूरै हिमपहिरो तल खसेको पनि छैन। नदीचाहिँ थुनिएकै अवस्थामा छ।’बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ। खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिए। खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताए।मुस्ताङ लेतेमा दिउँसो साढे ३ बजेको तापक्रम १७.२८ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
२०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमा हिमपहिरो आएको थियो।