राजनीति

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवमा धनराज आचार्यको उम्मेदवारी दर्ता ,वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

११ भदौ , पोखरा।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उम्मेद्वारी दर्ता गरायका छन्। निर्वाचनले ८४ जना पोलिटव्यूरो सदस्य निर्वाचित गर्नेछ । जसका लागि अहिले निर्वाचन प्रक्रिया जारी छ ।दिउँसो २ बजेपछि मतदान चल्ने छ । साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । साँझ ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुषाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो ।

 नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ ।आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन  गरिंदैछ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि