११ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार बिहान बसेको बैठकले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
ढकालले सभापति रवि लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई पठाएका थिए । उनले आफु महामन्त्री बाट निष्काशित भयपछि बिभिन्न अन्तरवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी रबि लामिछानेको क्लब बनेको जिकिर गर्दै आयका थिय।