समाचार

घोरेपानी हिँडेका स्पेनी नागरिक मृत फेला,एक जना बेपत्ता

११ भदौ, पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् ।भदौ ९ गते अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए ।

झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको छ। वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको थिय । वीरेठाँटीस्थित एकयाप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका थिय। लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेपछि मंगलबार एक जना पुरुषको शव परेको हो।

मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको थियो ।  शवलाई पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य भइरहेको छ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस